Logo

लम्पी स्किन रोग नियन्त्रणको लागि स्रोत जुटाएर भ्याक्सिन ल्याउनेबारे मन्त्री भुषालले गरे छलफल



काठमाडौं, ३२ जेठ । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुषालले पशु चौपायामा देखिएको लम्पी स्किन रोगको रोकथामको लागि सरकार गम्भीर भएको बताएका छन् । सो रोगका कारण पशु चौपायाको ठूलो क्षति हुन थालेको तथ्यांक आउन थालेपछि मन्त्री भुषालले आज (बिहीबार) मन्त्रालयमा सचिव र महानिर्देशकलाई बोलाएर छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

सो क्रममा मन्त्री भुषालले उक्त रोग तत्काल नियन्त्रण गर्न निर्देशन दिएका छन् । मन्त्री भुषालले तत्काल उक्त रोगबारे महामारी घोषणा गर्नेबारे पनि छलफल गरेका थिए । भ्याक्सिनको लागि पनि स्रोतहरु जुटाउनेबारे छलफल भएको मन्त्रालय स्रोतको दाबी छ । तर, अहिले मन्त्रालयसँग बजेट कम रहेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्