Logo

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो विरुद्ध ८ राजनीतिक दल आन्दोलित



बखतियार अलि
सर्लाही असार १ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले आफुखुसि बहुमत सदस्यलाई पेलेर कानुन बिपरित पालिका संचालन गर्न खोजेको भन्दै गाउँपालिकाका स्थानीयहरूले बिरोध प्रदर्शन गरेको छ ।

पालिका अध्यक्ष महतोले मनोमानी ढंगले एकलौटी रुपमा निर्णयहरु गर्दै आएको भन्दै बिहिवार दिउँसो ८ वटा राजनीतिक दलका जनप्रतिनिधि लगायत स्थानीयबासीहरु चन्द्रनगर गापा स्थित नाढीमन ताल नजिक गापा अध्यक्ष महतोको बिरूद्वमा आन्दोलन गरेका छन् ।

सयौंको संख्यामा विभिन्न वडाबाट आएका महिला तथा पुरुषहरु गाउँपालिका अन्तर्गतका विभिन्न वडाको परिक्रमा गर्दै गापाको कार्यालय अगाडी पुगेर नाराबाजी गर्दै नाढी ताल नजिक पुगेर कोणसभाको आयोजना गरेका थिए।

अध्यक्ष विरुद्ध उत्रिएका ८ राजनीतिक दलहरु पानीनै नभएको सुख्खा नाढीमन तालमा ५० लाख भन्दा बढि बजेट बिनियोजन गरि नाढी ताल महोत्सव गर्न लागेको भन्दै महोत्सव तत्काल बन्द गर्न, प्रधानमन्त्री स्वरोजगर कार्यक्रमको लागि आएको पैसा फ्रिज नगर्न, बालबालिकाको पैसा बालबालिकाको खातामा जम्मा गर्न लगायतका मागहरु राखेर स्थानीय जनताहरू आन्दोलनमा उत्रिएका छन् ।

चन्द्रनगर गाउँपालिकाका वडा न १ र २ बाहेक अन्य ५ वटा वडाका वडा अध्यक्षहरु गापा अध्यक्ष महतोको विरोधमा आन्दोलन थालेको छ ।

आफुहरुको माग सम्बोधन नभए असाढ २ गतेदेखि कार्यालयको मुख्य गेट अगाडी आमरण अनसन बस्ने स्थानीयहरूले चेतावनी समेत दिएका छन् । चन्द्रनगर गा. पा. अध्यक्ष महतोले बहुमत सदस्यलाई पेलेर एकलौटी ढंगले पालिका संचालन गर्न खोजेको भन्दै आफुहरू आन्दोलन थालेको कार्य पालिका सदस्यहरूले गुनासा गरेका छन ।

आफुहरूको माग पूरा नभए गापामा तालाबन्दी गरि पालिका अध्यक्ष बिरूद्व जोडदार आन्दोलन गर्ने आठ दलिय संघष समितिले जनाएको छ । यसबाट हुने सम्पूर्ण क्षतिहरूको जिम्मेवारी गापा अध्यक्ष महतोले लिनुपर्ने आन्दोलन रत पक्षले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्