काठमाडौं, असार १ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ।
समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीको नाम अनुमोदन गरेको हो। आज बसेको समितिको बैठकले कार्कीका अवधारणा र कार्ययोजनामाथि छलफल गर्दै नेपालको प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो ।
कार्कीले आज संसदीय सुनुवाइ समितिका सदस्यले उठाएका प्रश्नको जवाफ दिएका थिए। कार्कीलाई २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका कार्कीलाई राष्ट्रपतिले नियुक्त गरेर सपथ खुवाउनेछन्।