काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुन चीनबाट उपचार गराएर आज स्वदेश फर्किएका छन् । पुनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत् शुक्रबार नेपाल आएका हुन्। पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् । पुन पत्नी ओनसरी घर्तीलाई लिएर गत फागुन १ गते चीन गएका थिए ।
पुनलाई स्वागत गर्न उपाध्यक्ष श्रेष्ठसहित नेताहरू झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका थिए। तस्विर स्रोत : सन्तोष पुन