काठमाडौं, ३ असार । समाजवादी मोर्चाको घोषणा भोलि(असार ४ गते) हुने भएको छ।
भोलि दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा समाजवादी मोर्चाको घोषणा हुने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन्।
नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका दलहरू मिलेर समाजवादी मोर्चाको घोषणा हुने बताइएको छ।
घोषणा कार्यक्रममा सहभागी हुनका लागि एकीकृत समाजवादीका अध्यक्ष नेपालले आमन्त्रण गरेका छन्।