विराटनगर,,असार ४। कोशी प्रदेश सरकारले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल एक लाख राहत उपलब्ध गराउने भएको छ ।
आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई एक लाख दिने निर्णय गरेको हो ।
बैठकले घाइतेको उपचार गर्ने, भौतिक संरचना (घर) पुनःनिर्माणको लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय गरेको छ ।
ताप्लेजुङ्, पाँचथर र संखुवासभामा शनिबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट चार जनाको मृत्यु भएको छ भने ३३ जना अझै वेपत्ता भएका छन् ।