Logo

बाम होस् या दक्षिण, दुबै धारमा ‘मध्य’ अत्यावश्यक छ : रवीन्द्र मिश्र



काठमाडौं, ४ असार । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिमा मध्य वामपन्थ र मध्य दक्षिणपन्थ विफल हुँदा त्यसले अति वामपन्थ र अति दक्षिणपन्थलाई जन्म दिने बताएका छन् । उनले नेपालमा माओवादी द्वन्द्वको रुपमा अति वामपन्थको जन्म भइसक्यो र त्यसले गर्नु ध्वंस गरिसकेको र असर अझै बाँकी नै रहेको उल्लेख गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

ले राजनीतिमा मध्य वामपन्थ र मध्य दक्षिणपन्थ विफल हुँदा त्यसले अति वामपन्थ र अति दक्षिणपन्थलाई जन्म दिने बताएका छन् । उनले नेपालमा माओवादी द्वन्द्वको रुपमा अति वामपन्थको जन्म भइसक्यो र त्यसले गर्नु ध्वंस गरिसकेको र असर अझै बाँकी नै रहेको उल्लेख गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

‘मध्य’ र ‘अति’ का कुरा:
राजनीतिमा ‘मध्य बामपन्थ (Centre Left)’ र ‘मध्य दक्षिणपन्थ (Centre Right)’ विफल हुँदा त्यसले ‘अति बामपन्थ (Extreme Left)’ र ‘अति दक्षिणपन्थ (Extreme Right)’ लाई जन्म दिन्छ।

नेपालमा माओवादी द्वन्द्वको रूपमा ‘अति बामपन्थ’को जन्म भइसक्यो र त्यसले गर्नु ध्वंस गरिसक्यो। असर अझै बाँकी छ।
अहिले ‘मध्य’ दक्षिणपन्थलाई नागरिक समाजका बहूसंख्यक अगुवाहरूबाट जसरी ‘अति’ दक्षिणपन्थका रूपमा चित्रण गर्ने भरमग्दुर प्रयास भइरहेछ, त्यसले सांच्चिकै ‘अति’ दक्षिणपन्थलाई जन्म दिन्छ।

त्यसका सङ्केतहरू देखिन थालिसकेका छन्, जुन, समाज र देशका लागि हितकर हुँदैन। तसर्थ बाम होस् या दक्षिण, दुबै धारमा ‘मध्य’ अत्यावश्यक छ। त्यसले समाज र राजनीतिलाई सन्तुलनमा राख्छ। बढी जान्ने भएर ‘माध्य’लाई ‘अति’का रुपमा व्याख्या नगरौँ। त्यसले साँच्चिकै ‘अति’ जन्माउँछ। र फेरि त्यसले अर्को ध्वंस गर्नेछ।



प्रतिक्रिया दिनुहोस्