Logo

बजेट संशोधन नभए पास हुन नदिने सिके राउतको चेतावनी



काठमाडौं, ४ असार । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बजेट संशोधन नभए बजेट पास हुन नदिने चेतावनी दिएका छन् । आज (सोमबार) प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष राउतले यस्तो चेतावनी दिएका हुन् । राउत सत्तापक्षकै नेता हुन् ।

उनको दलले सरकारलाई दिएको समर्थन कायमै राखेको छ । आज/भोलिभित्रै मन्त्रिपरिषद् हेरफेर भए राउतको दल पनि सरकारमा सहभागी हुने तयारीमा छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राउतको दललाई नै सरकारमा ल्याउनको लागि मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् ।

यसअघि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले बजेट यथास्थितिमा पारित गर्न नसकिने अडान राखेका छन् । अहिले जनमतका अध्यक्ष राउतले पनि यस्तो चेतावनी दिएका छन् । उनले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजानुपर्ने प्रस्ताव राखेका छन् । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्