Logo

सिताबिना भारत र रामबिना नेपाल अपूर्ण हुने कुरा स्थापित गरिनुपर्छ : मन्त्री किराती



काठमाडौं, ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले सिताबिना भारत अपूर्ण र रामबिना नेपाल अपूर्ण हुने कुरा स्थापित गरिनुपर्ने बताएका छन् । आज ९औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुद्ध भूमी लुम्बिनीमा आयोजित समारोहमा बोल्दै मन्त्री किराीले यस्तो बताएका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी र नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तव उपस्थित् रहेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किरातीले भने–“सिताबिना भारत अपूर्ण हुन्छ अनि रामबिना नेपाल अपूर्ण हुन्छ भन्ने कुरा हामीले स्थापित गर्नुपर्दछ ।”

उनले भारतको उपमाहाद्धिपबाट प्रारम्भ भएको योग सिन्दुघाँटी सभ्यतासंग जोडिएको उल्लेख गर्दै योग आज विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको सुनाए । योगलाई महर्षी पतञ्जलीले वैज्ञानिक रुपमा शुत्रबद्ध गरेको र जसलाई पतञ्जली शुत्र योग भनिे गरेको बताए । उनले भने,”योग शुत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेका छन् । गौतम बुद्धको नाम पनि अग्रपँक्तिमा आउँछ ।”

योगले धार्मिक, शारिरिक र मानसिक स्वास्थ्यलाभसंग मात्र नभएर मानवलाई बिश्व ब्रम्हाण्डसंग जोड्ने काम गरेको उनको भनाई छ । उनले योग मानब कल्याणको साझा ज्ञान भएको बताए ।

२३०० वर्षबाट नेपाल र भारतबीच दुई देशको ब्यापार सम्बन्ध रहेको स्मरण गराउँदै मन्त्री किरातीले त्यो बेला नेपालबाट निर्यात हुने छाला, उन र जडिबुटी प्रख्याँत थियो भन्ने कुरा कौटिल्य शास्त्रमा लेखिएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याएको उनको दाबी छ । उनले दुई देशबीच आर्थिक सम्बन्ध पनि प्रगाढ हुँदै गएको विश्वास दिलाए ।

मन्त्री किरातीले हवाई रुट र भैरहवामा आई.एल.एस. सञ्चालनको निम्ति भारत सकरात्मक रहेको बताए । यसले राष्ट्र राष्ट्रबीच मात्र नभएर जनतास्तरको सम्बन्धलाई अझ प्रगढ बनाउने बिश्वास रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्