काठमाडौं । एक साता अघि नयाँ ब्रोकर लाइसेन्स रोक्न निर्देशन दिएको संघीय संसदको अर्थ समितिले आज मापदण्ड पु¥याएर लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
अर्थ समितिले गत जेठ २९ गते अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लगायतलाई पत्र पठाउँदै लाइसेन्स स्थगन गर्न निर्देशन दिएको थियो ।
अदालतको फैसला विपरित भएको भन्दै लाइसेन्स रोक्न दिइएको निर्देशनमा अर्थ समितिभित्रै असन्तुष्टी पछि खुला गर्न निर्देशन दिएको हो ।
आज विहान बसेको समितिको बैठकमा अधिकांश सांसदहरूले बोर्डले दिएको लाइसेन्स रोक्न नहुने पक्षमा उभिएपछि अर्थ समिति आफ्नो पछिल्लो निर्णयबाट पछि हटेको हो ।.