काठमाडौं, असार १२। जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन आज समापन हुन लागेको हो।
आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ । गत आईतवार अध्यक्ष यादवले प्रश्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम शुरु भएको थियो ।