काठमाडौं, असार १२ । पूर्वी नेपालमा आएको बाढीको असर निर्जीवन बिमा कम्पनीमाथि पर्ने देखिएको छ । असारको पहिलो साता आएको बाढीले डेढ दर्जन जलविद्युत् आयोजनामा अरबौं रुपैयाँको पु¥याएको छ । सो क्षतिको अरबौं रुपैयाँको बिमा दाबी एकैपटक भुक्तानी गर्नुपर्ने भएकाले निर्जीवन बिमा कम्पनीलाई असर पु¥याउने भएको हो ।
गत असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजना क्षति भएको छ । जसमध्ये १३२ मेगावाट विद्युत् उत्पादन गरिरहेका १३ वटा आयोजनामा करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ भने निर्माणाधीन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब रुपैयाँको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान)को तथ्यांक छ ।
ईपानले बाढी प्रभावित आयोजनाहरूको बिमा दाबी संस्थागतरूपमा अगाडि बढाउने प्रक्रिया थालनी गरिसकेको छ । जसका लागि आयोजनाको बिमा सम्झौता, क्षतिको विवरणलगायतका कागजात प्रभावित आयोजनासँग गरेको छ । उत्पादन गरिरहेका र निर्माणाधीन आयोजनाको मानवीय क्षति एवम् भौतिक क्षतिको बिमा भुक्तानी गर्नु पर्दा निर्जीवन बिमा कम्पनीहरू वित्तीय स्वास्थ्यमा नै गम्भीर असर गर्ने विश्लेषकहरूको भनाइ छ ।
त्यसो त निर्जीवन बिमा कम्पनीले पुनर्बिमा कम्पनीबाट दाबी भुक्तानी फिर्ता लिने भए पनि आर्थिकमन्दीका कारण ठूलो संख्यामा बिमा सलेन्डर भइरहेका बेला तत्कालका आर्थिक भार पर्ने देखिएको छ । ईपानले सरकार, राष्ट्र बैंक, बिमा प्राधिकरणलाई जलविद्युत् आयोजनाहरूमा भएको अरबौंको क्षतिका बारेमा संस्थागत जानकारी गराइसकेको छ ।
बाढी प्रभावित आयोजनाहरूबाट विवरण संकलन गरी क्षतिको बिमा दाबी प्रक्रिया अगाडि बढाउन ईपान आफैंले पनि क्षतिको अध्ययन गर्न विशेष टोली परिचालन गरिसकेको जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट