Logo

प्रहरी प्रवक्तालाई प्रश्न— ललिता निवास प्रकरणमा अब को-को पक्राउ पर्दैछन् ?



काठमाडौं, १३ असार । नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान निरन्तर अगाडि बढ्ने बताएका छन् ।
‘ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गर्ने सिलसिलामा सात जना पक्राउ परेका छन् । अब कति जनालाई पक्रने भन्दा पनि त्यसमा क–कसको कनेक्सन देखिन्छ, कसका विरुद्धमा प्रमाण भेटिन्छन्, त्यस आधारमा गर्ने हो । अहिले नै यो र त्यो व्यक्ति भन्ने थाहा हुँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रहरी प्रवक्ता कठायतले अहिले सरकारी कागज कीर्तेसम्बन्धी अनुसन्धान भइरहेको पनि बताए । उनले थपे, ‘ललिता निवास जग्गा प्रकरणमा मुख्यतः चारथरीका मुद्दा छन् । ती मुद्दा केलाउँदै जाँदा अहिले कीर्तेसम्बन्धी अनुसन्धान सुरु भएको हो । अब अनुसन्धान रोकिँदैन । कानुनतः अगाडि बढ्छ ।’ कठायतले नेपाल प्रहरी व्यावसायिक धर्म र निष्ठाबाट नडगमगाउने दृढता समेत जनाए ।



प्रतिक्रिया दिनुहोस्