काठमाडौं, १३ असार । राजनीतकि विश्लेषक पुरञ्जन आचार्यले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प शेरबहादुर देउवा नभएको बताएका छन् । तर, कांग्रेसबाट सरकारको नेतृत्व हुने भयो भने देउवाबाहेक अरु नेता हुनुपर्ने उनको भनाई छ ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘कांग्रेसबाट कोही फ्रेस आएपनि हुन्छ । तर, शेरबहादुर देउवा होईन । शेरबहादुरबाहेक हुनुपर्छ ।’
उनले अहिले राष्ट्रिय सहमतिको सरकारको आवश्यकत्ता नरहेको पनि टिप्पणी गरे । उनले कांग्रेसले माओवादीको समर्थनमा सरकार बनाए त्यो सरकारले काम गर्न नसक्ने पनि दाबी गरे । उनले माओवादी पार्टीमा निकै ठूलो शुद्धिकरणको आवश्यकत्ता रहेको औंल्याए ।