काठमाडौं, १३ असार । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । दलका नेता राउतले सुरुवातदेखि नै बजेट समावेशी नभएको र मधेशलाई माइनस गरिएको आरोप लगाउँदै आएका थिए ।
यसअघि राउत नेतृत्वको जनमत सरकारमा सहभागी हुने चर्चा थियो । अब बजेटको विपक्षमा मतदान गर्ने भएसँगै जनमतको सरकारमा सहभागिता पनि नहुने निश्चित् भएको छ । जनमत पार्टीले बजेट संशोधनको माग गर्दै आएको थियो । File Photo