Logo

समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्छ : कमल थापा



काठमाडौं, असार १४ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने बताएका छन्।

सामाजिक सञ्जालमा फेसबुकमा ‘स्टाटस’ लेख्दै अध्यक्ष थापाले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको बताएका हुन्।

उनले लेखेका छन्, ‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ। समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ।विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो।
समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’



प्रतिक्रिया दिनुहोस्