काठमाडौं, असार १४ । औषधि व्यवस्था विभागले अस्पतालका फार्मेसीहरूलाई गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न निर्देशन दिएको छ ।
कतिपय अस्पतालका फार्मेसीबाट बिक्री–वितरण हुने औषधिको गुणस्तरबारे गुनासो आईरहेको भन्दै विभागले यस्तो निर्देशन दिइएको हो ।
औषधि व्यवस्था ऐनको दफा १२ अनुरूप गुणस्तरीय औषधि मात्र खरिद गर्न निर्देशन दिदै विभागले खरिद तथा बिक्री गर्दा गुणस्तरमा शंका लागेमा सम्बन्धित निकायलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ ।