Logo

कालो झण्डा देखाइएपछि योगेशले भने– हिंसात्मक तरिका हामीलाई मान्य छैन



काठमाडौं, १४ असार । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफूमाथि इलाममा भएको विरोध प्रदर्शनलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफू इलामबजार जाँदै गर्दा केही व्यक्तिले कालो झण्डा देखाएको उल्लेख गरेका छन् ।

उनले आफ्नो दल फरक विचार मतलाई सम्मान गर्ने पार्टी भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले लेखेका छन्–

मदन भण्डारी फाउण्डेसन ईलामले ७२ औ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा जाँदै गर्दा ईलामबाजारमा केहि ब्यक्तिले कालो झन्डा देखाउनु भायो । कार्यक्रम ईलामको जिविस हलमा सानदार रुपले सम्पन्न भएको छ । नेपाली कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रुपमा लोकतन्त्र र चुनौतीका बारेमा मन्तब्य राखेको उक्त कार्यक्रममा सहभागिता मुलक छलफल पनि भएको थियो ।
एमाले फरक बिचार र मतलाई सम्मान गर्ने पार्टी हो । आज मलाई कालो झन्डा देखाउनेहरुको अधिकारका लागि म स्वंयम र मजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास वहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्समा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ ।
हाम्रो भनाइ यही छ कि बिरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ । मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वंयम वहाँहरुका लागि पनि लज्जाको बिषय हो ।



प्रतिक्रिया दिनुहोस्