काठमाडौं, १५ असार । नेकपा (एमाले) का युवा नेता रमेश पौडेलले सरकार टिकाउनका लागि ललिता निवास प्रकरणको फाईल खोलिएको आरोप लगाएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार टिकाउन ललिता निवास प्रकरणलाई बार्गेनिङका रुपमा लिईएको बताए ।
‘यो सरकार टिकाउनका लागि ललिता निवासको फाईल खोलियो । सरकार टिकाउनका लागि गरेको बार्गेनिङ हो यो । यदि ललिता निवास फाईल खुल्दैन थियो भने बजेट पास हुँदैन थियो,’– उनले भने ।
सरकार अब ललिता निवासको केस ब्याक हुने उनको दाबी छ ।