Logo

जसले घण्टी बजाएपनि नेपालमा कम्युनिष्ट आन्दोलन रहिरहन्छः रामप्रकाश पुरी



काठमाडौं, १५ असार । पुष्पलाल अध्ययन केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा जन्म शताब्दी समारोह समिति घोषणा गरेको छ । पुष्पलाल श्रेष्ठ ९९औं वर्ष पुरा गरी एक सय वर्षमा प्रवेश अवसरमा आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा अन्तरक्रिया कार्यक्रम गरी आगामी एक वर्षभित्र गर्ने कार्यक्रमको घोषणा गरेको हो । पुष्पलाल वि.सं. १९८१ आसार १५ गते रामेछापमा जन्मिएका थिए ।

पुष्पलालको जन्म जयन्तीको अवसरमा विभिन्न कम्युनिष्ट नेताहरुले उनको तस्विरमा पुष्प अर्पण गरेका थिए । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी मसालका नेता रामप्रकाश पुरी अहिले कम्युनिष्टहरुको आदर्श र आस्था गम्भीर संकटमा रहेको बताए । आफूहरुलाई मूल समारोहमा राखिएकोप्रति प्रतिवद्धता जाहेर गरेको बताए ।

नेपालमा जसले घण्टी बजाएपनि नेपालमा कम्युनिष्ट आन्दोलन रहिरहने उनको दाबी छ । पुष्पलालले यो संसार रहेसम्म कम्युनिष्ट आन्दोलन रहने आनुमान गरेर आन्दोलन अगाडि बढाएको उनको दाबी छ । पुष्पलालका सपनाहरु कहिले पनि नमर्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्