काठमाडौं, १७ असार । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसदहरुलाई अध्ययन नै गर्न नदिई संसदमा छलफलमा लागि विधेयकहरू ल्याएकोमा असन्तुष्टि पोखेका छन् । आज (आइतबार) प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा यादवले यस्तो बताएका हुन् ।
उनले गम्भीर प्रकृतिका विधेयक ल्याउनुअघि राजनीतिक दलहरुबीच सरकारले व्यापक रुपमा छलफल गराउनुपर्ने बताए । उनले सरकारले ल्याएको विधेयक अध्ययन नै गर्न नपाउँदा अनुमानको भरका छलफलमा भाग लिनुपर्ने अवस्था आउने गरेको गुनासो पोखे । यादवले विधेयकहरुमाथि अन्दाजको भरमा सांसदहरुले बोल्नुपर्ने अवस्था आउन नदिनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
https://www.facebook.com/ReportersNepal/videos/818080879880243