काठमाडौं, २० असार । नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भनेर हालै दिएको अभिव्यक्तिलाई लिएर एमालेले छलफल गर्न बैठक बोलाएको हो
। संसदीय दलको बैठक भने आज (बुधबार) दिउँसो १ बजे बस्ने बताईएको छ । प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्तिलाई लिएर स्वयम माओवादी केन्द्रका नेताहरु पनि आश्चर्यमा परेका छन् । नेपाली कांग्रेसभित्र पनि दाहालको अभिव्यक्तिबारे छलफल हुनुपर्ने आवाज उठ्न थालेको छ ।
file photo/RN