Logo

आजपाको संगठन आम मुस्लिम मोर्चाद्वारा मदर्सा शिक्षा व्यवस्थित् गर्न छुट्टै ऐनको माग गर्दै जनकपुरमा बृहत्त प्रदर्शन



काठमाडौं, २१ असार । आम जनता पार्टीको संगठन आम मुस्लिम मोर्चाले मदर्सा शिक्षालाई व्यवस्थित् रुपमा सञ्चालन गर्न छुट्टै ऐन निर्माण र मदर्सा बोर्ड गठन गर्न माग गर्दै आज जनकपुरमा प्रदर्शन गरेको छ । मोर्चाले उच्च शिक्षा हासिल गर्न मुस्लिम विश्वविद्यालयपनि स्थापन गर्नुपर्ने माग गरेको छ ।
मोर्चाका अध्यक्ष लालबाबु मन्सुरीले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । मोर्चाले मुसलमानलाई राज्यको हरेक अंग र निकायमा विशेषाधिकारको पनि व्यवस्था गरिनुपर्ने माग तेर्साएको छ ।

यस्तै, इस्लाम धर्मालम्वीहरुको पर्वहरुमा सार्वजनिक विदा राष्ट्रिय क्यालेण्डरमा समावेश गर्नुपर्ने र इस्लाम धर्म तथा संस्कृतिको सम्वद्र्धनको लागि पर्याप्त बजेटको व्यवस्था गरिनुपर्ने माग पनि मोर्चाले अघि सारेको छ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार नै मोर्चाले आफ्ना माग अघि सारेको र ती माग पूरा गराउनको लागि मधेश प्रदेश सरकार पनि गम्भीर हुनुपर्ने आजपाका वरिष्ठ उपाध्यक्ष बद्रि न्यौपानेले जानकारी दिए । उनले मोर्चाले अघि सारेका माग पूरा नगरे आगामी दिनमा सशक्त संघर्ष सूरु गरिने चेतावनी पनि दिए ।

 



प्रतिक्रिया दिनुहोस्