Logo

काठमाडौं उपत्यका स्तरीय भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुरलाई



काठमाडौं, असार २४। नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको काठमाडौं उपत्यका स्तरीय भ्याली फुटसल च्याम्पियनसिप प्रतियोगिताको उपाधि ललितपुरले जितेको छ ।

शनिबार भएको फाइल खेलमा ललितपुरले गोकर्णेश्वरलाई पराजित गरेको हो । उपविजेता बनेको गोकर्णेश्वले द्वितीय पुरस्कारमा चित्त बझाएको छ । प्रतियोगिता प्रथम हुने टिमले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने टिमले नगद १लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

गत असार १४ गतेदेखि सुरु भएको प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका सबै वडाहरूका विभिन्न फुटसल टिमको सहभागी रहेको थियो । उपत्यकाका २१ वटै स्थानीय तहका फुटसल टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकले १०÷१० हजार नगद पुरस्कार पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्