Logo

नेकपा देखाएर सत्ता जोगाउने नीति



काठमाडौं, असार २४ । सत्ता गठबन्धनभित्र रहेका कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाहेक कम्युनिस्ट घटक र त्यससँग नजिक रहेका एक गरी चार दलबीच समाजवादी मोर्चाको यात्रा सुरु भएको छ। नेकपा माओवादी, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा विप्लवसहित गठन भएको समाजवादी मोर्चाको यात्रा सुरु भएको हो। मोर्चा गठन भएको दुई सातापछि पहिलो बैठक शनिबार नेकपा एसको पार्टी कार्यालयमा बस्यो। शनिबारको बैठकले पनि न्यूनतम साझा अजेन्डा तय गर्न सकेन। मोर्चा ४ असारमा गठन भएको थियो।

त्यसयता सामान्य बैठकसमेत बस्न नसकेको अवस्थामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन समयमा एमाले र माओवादी मिलेर बनेको नेकपा ब्युताउँने चर्चा गरे। करिब १५ दिन त्यो चर्चा गरेपछि शनिबार उनीहरूको अपौचारिक बैठक बस्यो।

बैठकमा नेकपा व्यूताउने चर्चाको विषयमा पनि कुराकानी भए पनि कस–कसलाई कहाँ राखेर व्यूताउने एमालेविनाको नेकपा ब्युताँउदा पर्ने असर बृहत् कम्युनिस्ट मोर्चा बनाउँदाको असरको विषयमा पनि केही चर्चा भएको थियो। तर यसको चर्चाले नेकपा ब्युँताउने भन्दा पनि सत्ता जोगाउने नीति मात्रै भएको देखिन्छ।

मोर्चा बनाएपछि सरकारमा ५४ सिट भएको छ। मोर्चाको साझा धारणा बनाएर सरकारमा प्रस्तुत हुने प्रधानमन्त्री दाहालको रणनीतिमा बल पुगेको छ। जसले गर्दा कांग्रेससँगको बार्गेनिङ पावर पनि बढेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्