काठमाडौं, २५ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले केहीबेरमा सुरु हुने प्रतिनिधिसभाको बैठक चल्न दिने बताएका छन् । आफूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेको भेटबारे ब्रिफिङ गर्दै दलका नेता ओलीले सो भेटमा प्रधानमन्त्रीले यसअघि बोलेको विषयमा गल्ती स्विकार गरेको सुनाए ।
दलको बैठकमा ओलीले गरेको ब्रिफिङ उद्धृत गर्दै एक सांसदले भने,‘उहाँले मसँगको भेटमा गल्ती स्विकार गर्नुभएको छ, सदन सुचारु गर्न दिने सहमति भएको छ । अब उहाँ बैठकमा कसरी प्रस्तुत हुनुहुन्छ, त्यो हेर्न बाँकी छ ।’
एमालेले प्रधानमन्त्री दाहालको अभिव्यक्तिको विराधे गर्दै राजीनामा मागेको छ। राजीनामा नदिए सदन चल्न नदिने उसको चेतावनी छ । तर, प्रधानमन्त्री दाहालसँगको हिजो र आजको भेटवार्तापछि भने एमाले प्रधानमन्त्री दाहालको राजीनामाबाट ब्याक भएको छ ।
Photo Source: Balkot