Logo

सिंहको पुस्तक ‘एन इन्ट्रडक्सन टू टेक्सटाइल केमेस्ट्री’ सार्वजनिक



काठमाडौं, २५ असार । टेक्सटाइल केमेस्ट्री इन्जिनियर राजेन्द्र सिंहको नयाँ पुस्तक पुस्तक ‘एन इन्ट्रडक्सन टू टेक्सटाइल केमेस्ट्री’ सार्वजनिक भएको छ । कपडा र फेसन शिक्षाबारे लेखिएको उक्त पुस्तक नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद सलाहुद्दिन नोमान चौधरीले आज (सोमबार) विमोचन गरेका हुन् ।

नेपालको पहिलो टेक्सटाइल इन्जिनियर सिंहले टेक्सटाइल उद्योगमा प्रसिद्ध मुलुक बंगलादेशस्थित बंगलादेश युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन् । सिंह हाल नमुना कलेजको फेसन डिजाइनसम्बन्धी कलेज टेक्सटाइल, गार्मेन्ट टेक्नोलोजी मर्चेनडाइजिङ विभागका प्रमुख छन् । उनी व्यापार तथा निकासी प्रवर्धन केन्द्र टीईपीसीका उपनिर्देशकसमेत हुन् ।

पुस्तकमा गलैंचा, पश्मिना, ऊन, कपास, अल्लोजस्ता नेपाली उद्योगसँग सम्बन्धित कपडा र फेसनबारेका सामग्री छन् । पुस्तक यो क्षेत्रका उद्योगी, व्यवसायी एवं कपडा र फेसन डिजाइनमा लगाव राख्नेहरूलाई लाभदायी हुने लेखक सिंहको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्