काठमाडौं, असार २६ । आज अमेरिकी डलरको भाउ घटेको छ। सोमबार एक डलरको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसामा कारोबार भएकोमा आज डलर एकको खरिददर १३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४१ पैसा पुगेको हो।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर भने १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०८ पैसा तोकिएको छ।
यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिददर भने आज ९९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसा तोकिएको छ।
यस्तै साउदी अरेबियन रियाल एकको खरिददर मंगलबारको लागि ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ। कतारी रियाल एकको खरिदमा भने आज ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ ।