Logo

भौतिक मन्त्रालयले गर्यो इन्जिनियरिङ्ग परिषद्मा ऐनविपरित नियुक्ति



काठमाडौं, २६ असार । नेपाल इन्जिनियरिङ्ग परिषद्मा भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले ऐन विपरीत सदस्य नियुक्ति गरेको छ । मन्त्रालयले नियुक्ति गर्न पाउने सात जना सदस्य ऐनको दफा ३ (ग) को विपरित रहेको छ ।

मन्त्रालयले गत २०७९ असोज ५ गते र २०८०असार १७ गते परिषद्मा नियुक्त गरेको सदस्यहरुमा प्रत्येक प्रदेशबाट १/१ जना हुनुपर्ने र सात जनामध्ये तीन जना महिला हुनुपर्नेमा त्यसको विपरित नियुक्ति गरेको पाइएको हो ।

मन्त्रालयले नियुक्त गरेको सदस्यहरुमा बागमती र सुदुर पश्चिम प्रदेशको प्रतिनिधित्व छैन । त्यस्तै सात जना सदस्यमध्ये तीन जना महिला हुनुपर्नेमा एक जनामात्रै महिला सदस्य नियुक्त गरिएको छ ।

को को छन् जना सरकारबाट नियुक्त हालका सदस्य ?

२०७९ असोज ५ गते ६/५ मा पूर्वभौतिक मन्त्रीबाट नियुक्तः

  • सुबोध शर्मा, बर्दिया, ईलेक्ट्रिकल, (लुम्बिनी)
  • उमेश चौधरी, रौतहत, सिभिल (मधेश)

२०८०असार १७ गते वर्तमान भौतिक मन्त्रीबाट नियुक्तः

  • बिरोध रिजाल, प्युठान, कम्प्युटर (लुम्बिनी)
  • कृष्णा जिसि , बाग्लुग, सिभिल, (गण्डकी)
  • सुबोध राज सत्याल, कम्प्युटर, पर्सा (मधेश)
  • अंगलाल रोकाय, हुम्ला, सिभिल (कर्णाली)


प्रतिक्रिया दिनुहोस्