काठमाडौं, २६ असार । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।