Logo

प्रसिद्ध मुटुरोग विशेषज्ञ प्रा.डा. सायमी काठमाडौँ मेडिकल कलेजमा आवद्ध



काठमाडौँ, २६ असार । प्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर अरुण सायमी साउन १ गतेदेखि काठमाडौँ मेडिकल कलेजमा आबद्ध हुने भएका छन् । शहिद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहिसकेका डा. सायमीले कार्डियोलोजी विभागमा प्रोफेसरको रूपमा सेवा दिँदै आएका थिए ।

सायमी केएमसीमा आवद्ध भएसँगै अब कार्डियोलोजी विभागलाई अझ व्यवस्थित र प्रभावकारी हुने केएमसीका महाप्रवन्धक नारायण दाहालको भनाई छ । सायमीको केएमसीमा आवद्धताबारे दाहालले रिपोर्टर्स नेपाल डकमसँ भने,‘साउन १ गतेदेखि प्रसिद्ध मुटु रोग विशेषज्ञ डा. अरुण सायमीले केएमसीमा सेवा दिँदै हुनुहुन्छ । केएमसीमा मुटु रोगीहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न उहाँलाई नियुक्त गरेका हौँ ।’

नेपालका अनुभवी मुटु रोग विशेषज्ञ चिकित्सकहरूमध्येका डा. सायमी पनि एक हुन् । उनले ४० वर्षदेखि एमविविएस, एमडी, डिएम कार्डियोलोजीका विद्यार्थीहरूलाई अध्यापनसमेत गराउँदै आएका थिए । डा. सायमीसँग करिब २१ वर्ष नेपाल सरकारका प्रधानमन्त्रीको निजी चिकित्सक समेत रहेर काम गरेको अनुभव रहेको छ ।

समाजसेवा र स्वास्थ्य सेवालाई एक साथै अगाडि बढाउँदै राजनीतिमा सक्रिय डा. सुनिलकुमार शर्माले केएमसीको नेतृत्व सम्हाले पछि त्यहाँको स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाइएको छ । हाल डा‍ शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएपनि उनको सोच र उद्देश्यानुसार केएमसीलाई मुलुककै नमूना स्वास्थ्य संस्था बनाउने काम भइरहेको छ । सोही अनुसार वरिष्ठ चिकित्सकसँगै नवीनतम स्वास्थ्य प्रविधिहरू भित्र्याइएको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले जानकारी दिइन् । File Photo



प्रतिक्रिया दिनुहोस्