काठमाडौं, असार २७ । चर्चित सरकारी ललिता निवास प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार साँझ थप दुई जनालाई पक्राउ गरेको हो ।
सिआइबीले भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ र भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ पक्राउ गरेको हो । योसँगै पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।
मंगलबार बिहान मात्रै पनि दुई जनालाई पक्राउ गरेको थियो । तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र पक्राउ परेका थिए।