Logo

सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने



काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएकी उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बिहान अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।

उनी पार्किन्सन जस्तै लक्षण भएको जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्थ्यो । उनको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

त्यसअघि श्रद्धाञ्जलीको लागि ११ देखि १ बजेसम्म उनको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्