काठमाडौं, २८, असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) सम्वद्ध संघीय कानुन व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आह्वान गरिएको छ । जसपा निकट कानुन व्यवसायीहरुको छाता संगठन र उक्त एसोसिएसनमा आवद्ध देशैभरीका करिब डेढ सय जना कानुन व्यवसायीहरु राष्ट्रिय सम्मेलनमा सहभागी हुँदैछन् ।
सम्मेलन आगामी साउन ५ र ६ गते काठमाडौंको बूढानिलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजना हुन लागेको संघीय कानुन व्यवसायी एसोसिएसनका राष्ट्रिय अध्यक्ष अधिवक्ता दिपक राईले जानकारी दिए ।
यही साउन ५ गतेदेखि सुरु हुने दुई दिवसीय उक्त सम्मेलनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन समेत गठन गरेको अध्यक्ष राईले बताए ।
कानुन व्यवसायीहरुको यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गतको मुख्य घटक संगठनको रुपमा सक्रिय रहेको छ ।