Logo

राजेन्द्र लिङ्देनको खरो टिप्पणी : राप्रपामा अब काम नगरी नेता हुन पाईँदैन



काठमाडौं, २८ असार । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी ६ महिनाभित्र देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रशिक्षण कार्यक्रम गरिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले पार्टीले आगामी दिनमा विभिन्न तहमा हुने निर्वाचनमा ५० प्रतिशत प्राइमरी छनौटमा उम्मेदवार तय गर्ने पनि बताए । उनले काम नगरी अब राप्रपमा नेता हुन नपाईने व्यवस्था गरिएको पनि सुनाए । उनले भने,‘अब कागजमा मात्रै प्रतिवेदन पेश गर्ने अथवा कागज मात्रै बुझाएर नेता हुँदैन् । तोकिएको क्षेत्रमा नजानेहरुको स्वतः जिम्मेवारी खोसिनेछ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्