काठमाडौं, २९ असार । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज (शुक्रबार) नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री लुले एमाले पार्टी कार्यालय च्यासल पुगेर ओलीसँग भेटवार्ता गरेका हुन् ।
लुले यसअघि परराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुसँग भेटवार्ता गरिसकेका छन् । उनी शनिबार विहान २ बजे नै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।