Logo

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं, असार ३०। आज नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ । च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठनका निमार्णका बारेमा समीक्षा गर्ने तयारी रहेको छ ।

सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामुहिक रुपमा छलफल गरेका थिए । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भईरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बोलाईएको हो । बैठकले सांगठानिक संरचना, केन्द्रिय नेताहरुको कार्यबिभाजन तथा अन्य बिषयमा छलफल गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्