Logo

बाबुरामलाई धमलाको प्रश्नः ‘आर्थिक प्रलोभनमा परेर हस्ताक्षर गरेको हो ? (भिडियोसहित)



काठमाडौं, ३० असार । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकारविहीनताको अवस्थाबाट प्रदेशलाई जोगाउनका लागि आफूले उद्धव थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधानको धारा १६८ (२) बमोजिम उद्धव थापाले मुख्यमन्त्रीको दाबी गरेको र अन्तिम समयमा प्रदेशलाई सरकारबिहीन बनाउनबाट आफूले सहयोग गरेको बताएका हुन् ।

‘तपाईँ आर्थिक प्रलोभनमा पनि पर्नुभयो भन्ने छ नि ? पैसाको लोभमा तपाईँले सभामुख पद बेच्नुभयो ?’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘कतैबाट तपाईँले चिया खाएकोमात्रै पनि प्रमाण भेट्नुभयो भने म जहाँसुकै गएर जेसुकै कारबाहीको लागि तयार छु । एक सुका पनि बाबुरामले त्यस्तो कुनै पनि सन्दर्भमा खाने गरेको छैन ।’ उनले भने ।

तत्कालीक परिवेशमा निकासको लागिमात्रै आफूले हस्ताक्षर गरेको उनको दाबी छ । सभामुखको हैसियतमा आफूले गरेको काम पूर्वाग्रहविहीन रहेर काम गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्