Logo

एमालेले धूपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन: मन्त्री ज्वाला



काठमाडौं,३१ असार । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन
निर्माणको धरातल बलियो भएकाले कसैले चाहँदैमा ढाल्न नसक्ने बताएका छन् ।

आइतबार धनुषाको जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीसँग कुराकानी गर्दै समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्र नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेकोसमेत दाबी गरे ।

उनले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने टिप्पणी गरे । “अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ । यो कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूपबत्ती गर्दैमा गठबन्धन ढल्दैन । किनभने,यसको ग्राउन्ड छ । प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू छन्,” उनले भने, “चुनावका बेलामा सँगै अघि बढेका शक्तिहरू एक ठाउँमा छन् । जटिल मोडहरूमा एकताबद्ध भएका शक्तिहरू एक ठाउँमा छन् । यो ढलेर फाइदा पाइहाल्छौं कि भनेर आशावादी भएकाहरूको आशा पूरा हुँदैन ।”  file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot