Logo

सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्छ: उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ



काठमाडौं,३१ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षासहितका सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा आइतबार सुरक्षा निकायमा पूर्वप्रमुखहरूसँग छलफलमा बोल्दै उनले भने,‘अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot