Logo

एमाले संसदीय विभागमा १३ सदस्य मनोनित (सूचीसहित)



काठमाडौं,३१ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनित भएका छन् ।

एमालेको शनिबार बसेको सचिवालयको बैठकले उक्त सदस्यहरु मनोनित गरेको हो ।
मनोनित हुनेहरुमा भगवती चौधरी, पदम गिरी, ज्वालाकुमारी शाह, विद्या भट्टराई, ठाकुर गैरे, बलराम अधिकारी,चन्द्रबहादुर विश्वकर्मा,सुनिता बराल,महेश बर्तौला, तारा लामा तामाङ, अम्बरबहादुर रायमाझी, लिलानाथ श्रेष्ठ र किरणकुमार शाह रहेका छन् ।

पूर्व मुख्यमन्त्री एवं पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ विभाग प्रमुख रहेको यस विभागमा यसअघि राष्ट्रियसभाबाट देवेन्द्र दाहाल र भैरवसुन्दर श्रेष्ठ सदस्य रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot