Logo

टिआरसी विधेयक पास हुँदा सत्ता त जोगिएला तर भोलि तपाईँका सन्तान जोगिँदैनन्ः ज्ञानेन्द्र शाही



काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर शाहीले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक (२०७९) यथास्थितिमा पारित हुन नसक्ने बताएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त विधेयकले अहिलेको सत्ता जोगिएपनि भोलिका सन्तान नजोगिने बताएका हुन् ।

‘यो विधेयकमा प्रष्ट भनिएको छ, कुनै राजनीतिक दल, कुनै समूह, उपसमूह वा कुनै एउटा ग्याङले हत्या हिंसा गरेर उ शान्ति वार्तामा आउन चाहन्छ भने उनले गरेका हजारौै खुनहरु माफ गर्ने, उसलाई राजनीतिक दलको दर्जा दिने यदि यो परम्परा रह्यो भने भोलि कोही जीवित रहन्छ ? यो विधेयक जघन्य छ, अपराधीकरण छ । यसले अहिले तपाईँहरुको कुर्सी त जोगिएला तर, भोलि तपाईँका सन्तान जोगिँदैनन्,’– उनले भने ।

आफूहरु शान्तिपूर्ण राजनीतिमा रहेको बताउँदै उनले अर्काको ज्यान नमारिकन राजनीतिमा आउन आग्रह गरे । राजनीतिको नाममा अपराध गर्ने, त्यो अपराधलाई राजनीतिको रंग दिएर मुलुकलाई बर्वादीतिर धकेल्न नपाईने उनले बताए ।  File Photo/RN 



प्रतिक्रिया दिनुहोस्