Logo

आजबाट बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक



काठमाडौं, साउन १ । नुवाकोटको बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा सोमबारदेखि फोहोर फाल्नमा स्थानीयले रोक लगाएका छन् ।

सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले सोमबारदेखि फोहोर विसर्जनमा अवरोध गडरेका छन् ।

बन्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई रोक स्थानीयले रोकेका हुन् । स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन् । यसैबीच, ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक सवारी साधनबाट १५ सय सम्म शुल्क लिने निर्णय गरेकोमा ककनी गाउँपालिकाविरुद्ध सर्वोच्चमा अदालतमा रिट दायर भएको छ ।



प्रतिक्रिया दिनुहोस्