Logo

पास रिन्युको लागि अझै केही दिन लाग्ने भएपछि पत्रकारहरुलाई सिंहदरबार प्रवेशमा गृहमन्त्रालयको सहजीकरण



काठमाडौं, २ साउन । सूचना विभागबाट पत्रकारहरुको लागि जारी गरिने प्रेस पासको म्याद गत असार ३१ गतेबाट सकिएको छ । यसरी सूचना विभागबाट पास लिएका पत्रकाहरुहरु प्रेस पासको म्याद सकिएपछि समाचार संकलनको लागि सिंहदबार प्रवेश गर्न हिजो साउन १ गतेबाट नै बञ्चित भएका छन् ।

पत्रकाहरुले आजको भोलि नै प्रेस पास नविकरण गर्न नसकिने हुँदा समाचार संकलनको लागि सिंहदबार प्रवेशमा रोक लगाईनु गलत भएको गुनासो गर्न थालेपछि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले चासो राखेको पाईएको छ ।

गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले सिंहदरबारका डिएसपीसँग समन्वय गरेर प्रेस पास नविकरणको लागि केही समय लाग्ने भएको हुँदा त्यतिञ्जेलसम्म पत्रकारहरुलाई पूरानै पासका आधारमा सिंहदरबार प्रवेश गर्न सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

गृहमन्त्रालयमा भएको छलफलपछि आगामी भदौ १ गतेसम्मको लागि नविकरणको समय दिएर पत्रकारहरुलाई पूरानै पासबाट सिंहदरबार प्रवेशको लागि वातावरण बनाईएको बताईएको छ । सिंहदरबारको मूल गेटमा ड्युटीमा खटिएका प्रहरीले भने हिजैदेखि प्रेस पासको म्याद सकिएको भन्दै कार्ड थुतेर राख्ने गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्