काठमाडौं, ४ साउन । नेपालको लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत ताई योङ पार्कले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीसंग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सहकार्यको विषयमा कुराकानी भएको हो ।
यसको थौ, नेपाल एयरलाइन्सको नेपाल–कोरिया सिधा उडानबारे पनि छलफल भएको मन्त्री किरातीले जानकारी दिए । इपिएसमार्फत गएका नेपाली श्रमिकहरुको सुविधा र सुरक्षाबारे पनि राजदूत पार्कसँग छलफल भएको उनको भनाई छ ।