काठमाडौं, साउन ५ । राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १०० केजी सुन बरामद ग¥यो । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठुलो परिणामको तस्करीको सुन यति सजिलै कसरी बाहिरियो भन्ने प्रश्न उठेको छ ।
यस घटनाले विमानस्थलको सुरक्षा संवेदनशीलता र भन्सार प्रशासनमाथि पनि प्रश्न उठेको छ । तथापि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो परिणाममा सुन तस्करी भएको यो नौलो घटना भने होइन ।
विगत १० वर्षको अवधिमा ठुला तस्करीका घटनामा ४१ क्विन्टल १७ किलोभन्दा बढी सुन अवैध भित्रिएको छ । ठुलो परिमाणमा फेला भने परेको छैन । गोरखपत्र दैनिकबाट