काठमाडौं, साउन ५ । मीड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ ।
कम्पनीले पहिलो चरण्णमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने लागेको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।
स्थानीयलाई ७ करोड ४८ लाख ४० हजार रुपियाँ बराबरको ७ लाख ४८ हजार ४ सय कित्ता शेयर बिक्री गर्न लागिएको हो । ५ लाख ६१ हजार ३ सय कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं ३,४,५,६, ७ र ११ का बासिन्दाहरु र १ लाख ८७ हजार १ सय कित्ता आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागिएको हो ।
त्यस्तै ७४ हजार ८४० कित्ता शेयरका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने छन् ।