Logo

राज्य संयन्त्रको सहभागिता विना सुन तस्करी भएको होईनः राजेन्द्र लिङ्देन (भिडियोसहित)



काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले अहिले देखिएका पात्रबाटमात्रै यति ठूलो मात्रामा सुन तस्करी सम्भव नभएको बताएका छन् ।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त सुन तस्करीमा राज्य संयन्त्रकै संलग्नता रहेको जो कोहीले पनि अनुमान गर्न सक्ने बताएका हुन् ।

‘यसले नेपालमा संस्थागत रुपमा तस्करी चलिराखेको छ र खासगरी सुन तस्करी चलिराखेको छ । नेपाल एउटा ट्रन्स्जिटको रुपमा प्रयोग गरिराखिएको छ भन्ने कुराको सार्वजनिक भयो । यसमा को–को छन् भन्ने कुरा सबै सार्वजनिक हुनुपर्छ ।’ उनले भने, ‘यसरकारले अहिले जुन ढंगले कर्मचारीलाई कारबाही गर्ने, आयोग गठन गर्ने भन्ने हिसाबले गइराखेको छ, त्यो भन्दा पनि व्यापक रुपले जानुपथ्र्यो । तदारुकता देखिएको छैन । अहिले देखिएकै पात्रहरुबाट यो काम भएको होईन भन्ने कुरा जसले पनि अनुमान गर्न सक्छ । राज्य संयन्त्रको सहभागिता विना यो काम भयो भनेर कसैले पनि कल्पना गर्न सक्दैन ।’

सुन तस्करी प्रकरण अहिले राज्य र देशको प्रशासन कसरी चलिराखेको छ भन्ने कुराको एउटा नमूना भएको उनको भनाई छ । सेटिङ नमिलेको कारण अथवा इमानदार मानिस भएर नै उक्त सुन तस्करीको सुचना आएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्