Logo

मन्त्री किराती भन्छन्ः ‘सुन काण्डमा भरिया होईन, मालिक समाउनुपर्छ’



काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सुशासनविना देशको समृद्धि र समाजवाद सम्भव नरहेको बताएका छन् ।

साथै, अहिलेको सुन काण्डमा भरिया नभएर मालिक नै समाउन आवश्यक रहेको उनले बताएका छन् । भ्रष्टाचार र तस्करी सह्य नहुने उनले बताएका छन् ।

‘सुशासन विना समृद्धि र समाजवाद सम्भव छैन ।भरिया होईन, यसपालि चाँिह मालिक समाउनुपर्छ । सुन काण्ड हाम्रो मन्त्रालयसँग सम्बन्धित नरहेको कुरा स्पष्ट गर्दछु । तथापि भ्रष्टाचार र तस्करी हामी कसैलाई सह्य छैन,’– मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्