Logo

निर्णय लिँदा प्रजातान्त्रिक प्रक्रिया अवलम्बन गरियोस्, नत्र गुनासो रहिरहन्छः प्रकाशमान सिंह



काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी दिनमा आउने चुनौती सामना गर्न पार्टीलाई विधान अनुसार अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

आज (शुक्रबार) केन्द्रीय समिति बैकठलाई सम्बोधन गर्दै उनले जनताको विश्वास जित्ने विषयमा पार्टीको ध्यान पुग्नुपर्ने बताए । पार्टीभित्र निर्णय लिँदा प्रजातान्त्रिक प्रक्रियाको अवलम्बन गर्न आवश्यक रहेको बताउँदै उनले त्यसो नगरेसम्म पार्टीभित्र गुनासो बाँकी नै रहने बताए ।

‘पार्टी विधान नियमअनुसार चल्नुपर्छ भन्ने कुरा आएको छ । यो त मैले १०औं महाधिवेशनदेखि भन्दै आएको छु । कार्यकर्तालाई चित्तबुझ्ने ठाउँमा पुर्याउने हो भने पार्टी विधानअनुसार चलाउनुपर्छ । राम्रो पर्फमेन्स गर्ने, जनता र कार्यकर्तालाई चित्त बुझ्ने अवस्थामा पुर्याउने हो भने पार्टीलाई विधानअनुसार चलाउनुपर्छ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्